२०८१ आश्विन २२, मंगलबार | Tue, 08, Oct, 2024

पाँचखालमा चोरीको विगविगि


३५५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल । लकडाउनको मौका छोप्दै चोरी गर्नेको बिगविगि बढेको छ । पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्ले बजारमा रहेको तिनपिप्ले बुक एण्ड स्टेशनरी पसलमा विहिबार राती चोरी भएको छ ।

    स्टेशनरिका प्रोपाईटर बद्री प्रसाद ढुंगानाको अनुसार पसलको मुल ढोका फोरी भित्र पसेर स्टेसनरिमा रहेको पैसा राख्ने कन्तुरको ताला फुटाई कन्तुरमा रहेको नगद चोरी भएको जानकारी गराउनु भयो । स्टेशनरिमा रहेको अन्य सामानहरु के कती चोरी भयो भन्ने बिषयमा अनुसन्धान हुदै गरेको बताउनु भयो । कन्तुरमा कति नगद थियो भन्ने बिषयमा पनि एकिन भएको छैन । चोरीको बारेमा पाँचखाल प्रहरी चौकिलाई जानकारी गराउना साथ पाँचखालबाट आएका प्रहरी टोलीले अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।

    नगरको प्रमुख व्यापारीक केन्द्र पाँचखालमा विगतमा चोरीको बिगविगि हुंदा पाँचखाल उद्योग वाणिज्य संघ, पाँचखाल नगरपालिका र पाँचखाल नगर वडा नं ३ र वडा नं ४ को पहलमा सिसि क्यामारा जडान गरी निगरानि गर्न थालेपछि उक्त स्थानमा चोरी नियन्त्रण भएको थियो ।

    पाँचखालको प्रमुख व्यापारिक केन्द्रमा सिसि क्यामारा जडान गरेपछि पाँचखाल वडा नं ६ तिनपिप्ले र आशपासको स्थानमा एक पछि अर्को गर्दै चोरीका घटनाहरु हुंदै आएका छन् । चोरीको घटनाहरु बढ्दै गएपनि हाल सम्म चोरीमा संलग्न हुनेहरुलाई पक्रन नसक्दा चोरीको क्रम निरन्तर रुपमा बढ्दै गएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार