२०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024

शिशु हत्यागरी फरार महिलालाइ प्रहरीले झ्याप


२२७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • ३० जेठ,काठमाडौं । अवैध गर्भाधानबाट जन्मिएको नवजात शिशुको हत्या गरी फरार भएकी एक महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । पर्वतको साबिक आर्थर गाविस वडानम्बर ७ की ४७ वर्षीया अमृता भनिने तारा नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

    २०७० फागुन १२ गते उनले अधेरी नेटामा बच्चा जन्माई सोही दिन हत्या गरेर फरार भएकी थिइन् । प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई बिहीबार कास्कीको माछापुच्छ्र्रे गाउँपालिका घाचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनलाई कर्तब्य ज्यान (नवजात शिशुको हत्या) शीर्षकमा अनुसन्धानका लागि आज शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालत कुश्मा पर्वतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार