२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बिदेशमा पड्न जानेलाई पठाउने, आईसोलेसनको लागि पालिकाहरुलाई ३५ करोड


१९७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो ।

    यस्तै विदेश पढ्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । वैदेशिक रोजगारीमा जानेलाई श्रम मन्त्रलायले अनुमति दिनेछ । सीसीएमसीको बैठकले कूटनीतिक नियोगमा काम गरेर फर्केका र बाहिर जानु पर्नेलाई पनि जान दिने निर्णय गरेको छ । रोजगार दाता कम्पनी र रोजगारी गरिरहेको देशले खर्च नबेहोरेका र आफ्नै खर्चमा फर्किन नसक्ने नेपालीलाई ल्याउने गाइड लाइन पनि बनाउने तयारी सरकारले थालेको छ । यसको जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थापनको गाइडलाइन तयार पार्ने जिम्मा पनि श्रम मन्त्रालयलाई दिइएको छ ।

    नयाँ स्वास्थ्य सामाग्री आपूर्तिको व्यवस्था सम्बन्धी कार्ययोजना स्वास्थ्य मान्त्रालयले बनाउने पनि बैठकले निर्णय गरेको छ । बैठकले देशैभरी क्वारेन्टाइन सुधार गर्ने र यसको अनुमगन र निरीक्षण प्रदेश सरकारले गर्ने, क्वारेन्टाइनमा बसेको दुई हप्तामा सबैको परीक्षण सकाउने व्यवस्था गर्ने, थप आइसोलेसनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने र प्रयोगशाला क्षमता बढाउने पनि निर्णय गरेको छ । सरकारले आइसोलेसन निर्माणका लागि प्रदेशमार्फत पालिकाहरुलाई ३५ करोड विनियोजन गरेको छ ।

    सरकारले लकडाउन खुकुलो गरेसँगै देशका विभिन्न भागमा संक्रमितको संख्या पनि बढिरहेको भन्दै सबैलाई सचेत र जिम्मेवार बन्न पनि आग्रह गरेको छ । ‘हामी सबैजनालाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन, अनिवार्यरुपमा मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न आग्रह गर्दछौं,’ बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार