२०८१ चैत्र ९, शनिबार | Sat, 22, Mar, 2025

ऐतिहासिक शक्तिपिठमा घन्कियो बाजा


३५३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखालको गहनाको रुपमा रहेको ऐतिहासिक एवं धार्मिक शक्तिपिठ पलाञ्चोक भगवती मन्दिरको गुठियारलाई बाध्य बादन समाग्रि हस्तातरण गरिएको छ ।

    मन्दिरमा बिशेष पुजामा गुठियारले बजाउने बाजा, पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवार र वडा नम्बर ९ का वडा अध्यक्ष किरण श्रेष्ठले संयुक्तरुपमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।

    मन्दिरका गुठियारहरुले पलाञ्चोक भगवति मन्दिरसँग सम्बन्धित विभिन्न मेला पर्व दैनिकी नित्यपुजा, आरति, चन्डि पुर्णिमा मेला, बडा दशै रथयात्रा, लाखे गाईजात्रा पर्व लगाएत अन्य विशेष पुजा पर्वहरुमा प्रयोग हुने बाद्यबादनका सामग्री ढिमे, ढमाहा, टेम्को, मवालि, कर्नाल र बेन्डबाजाको १ सेट गरि नेवार समुदायका गुठियार र दर्जि समुदायका गुठियार लाई हस्तान्तरण गरिएको हो । नेवार समुदायका गुठियारले प्रयोग गर्ने एक सेट र अर्को दर्जि समुदायले प्रयोग गर्ने एक सेट बाजा हस्तान्तरण गरिएको हो ।


    आ.ब.२०७६र०७७ को पलाञ्चोक क्षेत्रका जात्रा तथा पर्व ब्यवस्थापन शिर्षकमा बिनियोजित रकम रु दुई लाखबाट बराबरको सामाग्रि खरिद गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु