२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

क्‍वारेन्टाइनमा बसेका एकको मृत्यु


२१०४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ४ साल अघि
  • अछाम — अछाममा क्‍वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । रामारोशन गाउँपालिका ५ को कैलाशेश्‍वर घट्टेखेती आधारभुत विद्यालयको क्‍वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

    उनका अनुसार ती व्यक्ति गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

    ‘शनिबार राति एक्कासी उनको स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याईएको थियो । उपचारकै क्रममा उनको मृत्यु भय,’ इन्सपेक्टर अवस्थीले भने ।

    ती व्यक्तिको मृत्युपछि उनीसँगै अस्पताल गएका परिवारका अन्य २ जनाको स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार