२०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024

कोरोनामा मात्र अलमलिंदा औलोले सताउन सक्छ-डा.दत्त


२२६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल र आसपासको क्षेत्रमा औलो रोगलाई सुन्यमा झार्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आय (सोमबार) पाँचखाल प्राथमिक स्वास्थ्य कार्यालयको हलमा सम्पन्न भएको छ ।

    पाँचखाल नगर स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त एक दिने कार्यक्रममा नगरमा रहेका स्वास्थ्य केन्द्रहरुबाट स्वास्थ्य कर्मीहरुको सहभागिता रहेको थियो ।

    अन्तरक्रिया कार्यक्रममा पाँचखाल प्राथमिक स्वास्थ्य कार्यालयका प्रमुख डा.अमन दत्तले बिश्वमा हमांमारीको रुपमा फैलिएको कोरोना रोगको बिषयमा मात्र ध्यान दिदा डेंगु तथा औलोले सताउन सक्ने भएकोले होशियारी अपनाउनु पर्ने बताउनु भयो । २०२५ नेपाललाई मलेरिया मुक्त देश घोषणा गर्ने तयारीलाई स्वास्थ्यकर्मीहरुले निरन्तरताको रुपमा साथ सहयोग गर्नुपर्ने बताउनु भयो । स्वास्थ्य केन्द्रहरुमा ज्वरो आएर आएका विरामीहरुको मलेरिया, डेंगु साथै कोरोना रोगको समेत परिक्षण गर्ने वातावरण वनाउनु पर्ने बताउनु भयो ।

    कार्यक्रममा सहभागि भएका स्वास्थ्य कर्मीहरुलाई प्रशिक्षण दिदै डा. दत्तले भन्नुभयो पाँचखाल र आसपासको स्थानमा विगत चार बर्षदेखि औलो रोग सुन्यमा रहेको र हाल सम्म डेंगुले पनि आक्रमण गर्न नसकेको बताउनु भयो । विगतलाई निरन्तरता दिदै औलो तथा डेंगुंलाई सुन्यमै राखि रहनको लागि पहिलो भुमिका स्वास्थ्य कर्मीहरुको रहेको बताउनु भयो । स्वास्थ्यकर्मीहरुले स्थानियहरुलाई सचेत गराउंदै जाने विगतको कार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

    अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसिएन निरन कुमार श्रेष्ठले नगरमा रहेका सम्पुर्ण स्वास्थ्य केन्द्रहरुमा औलो परिक्षणको लागि (आरडिटि) किट अनिवार्य रुपमा हुनुपर्ने बताउनु भयो । उहाँले थप्नुभयो बिभिन्न शिलसिलामा अन्यत्रबाट आएका दुई जनालाई गत बर्ष मलेरिया देखिएको थियो तर स्वास्थ्यकर्मीहरुको लगरशिलता साथै चलाखिको कारण रोग फैलन नपाएको बताउनु भयो । नगरवासिहरुमा कोरोना, मलेरिया र डेंगुवाट सुरक्षीत राख्नको लागि स्वास्थ्यकर्मीहरुको ठुलो भूमिका रहने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार