२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आइजिपीको लागी प्रतिस्पर्दामा दुई एआइजी


३४०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो ।

    धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका थिए । ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल प्रतिस्पर्धामा छन् । दुई एआइजीमध्ये एक जना महानिरीक्षक बन्नेछन् ।
    नेपाल प्रहरीमा थापा र पालका अलावा तारणीप्रसाद लम्साल पनि एआइजी हुन् । तर, उनी पनि आइजिपी ज्ञवालीसँगै २४ असारमा नै अनिवार्य अवकाश हुने भएकाले थापा र पालमध्येबाट एक जना आइजिपी बन्ने भएका हुन् । हाल एआईजीको वरीयतामा लम्साल पहिलो नम्बरमा छन् । थापा दोस्रो र पाल तेस्रो नम्बरमा छन् । नेपाल प्रहरीमा एआइजीका दरबन्दी तीन वटा मात्रै छन् ।

    प्रहरी संगठनमा एकै मितिमा प्रवेश गरेका थापा र पाल दुवैले संगठनभित्र कुशल तथा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका छन् । उनीहरू दुवै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

    थापाले डिआइजी रहँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रूपमा रहेर राजधानीको सुरक्षाको नेतृत्व सम्हालिसकेका छन् । उनले दुई पटकसम्म प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका छन् । त्यसअघि इन्सपेक्टर, डिएसपी, एसपी, एसएसपी हुँदै डिआईजी हुँदासमेत थापाले पटक पटक प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर अनुभव बटुलेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार