२०८१ मंसिर २१, शुक्रबार | Fri, 06, Dec, 2024

घनिस्ट सम्बन्ध भएका दुई युबतिले सगै बिष सेवन गरी आत्महत्या


२१७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • २० असार, डोटी । कैलाली जिल्लाको धनगढीमा दुई युवतीले विष सेवन गरी आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–७, बेलीको जंगलमा शनिबार दिउँसो करिव १२ बजे मृत अवस्थामा फेला परेका दुवै जनाको विष सेवनबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

    आत्महत्या गर्नेमा उपमहानगरपालिका–७ बेली बस्ने १९ वर्षीया गोमा बिक र कैलालीकै चुरे गाउँपालिका घर भई हाल बेलीमा दिदीको घरमा बस्दै आएकी २३ वर्षीया करिश्मा राउत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

    बिष्टका अनुसार राउत केही दिनदेखि गोमाको घरमा बस्दै आएकी थिइन् । उनीहरू दुवै जनाबीच घनिष्ठ सम्बन्ध रहेको प्रहरीले जनाएको छ । बिहान ७ बजे घरबाट निस्किएका उनीहरू विष सेवन गरी लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । घटनास्थलमा सल्फास भेटिएको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार