काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
गएको २४ घन्टामा आरटी पीसीआर टेस्ट ६ हजार १३३ जनाको परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा रहनेको संख्या ८ हजार ६३४ जना रहेको छ ।
प्रतिक्रिया दिनुहोस