२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा स्वास्थ्य स्वयंसेविकाहरुलाई संञ्चार खर्चको लागि मासिक २ हजार ५ सय


२१९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे/ जिल्लाको नमोबुद्ध नगरपालिकाले नगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई सिमकार्ड र मोबाइल वितरण गरेको छ ।

    नगरले ११ वटै वडामा रहेका ८२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगर प्रमुख टि.पि. शर्मा तिमल्सिना र नगर उपप्रमुख राम देवि तामाङले संयुक्त रुपमा संचार सामग्री हस्ताण्तरण गरेका हुन् ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले सुचना आदनप्रदान गर्न थप सहयोग पुग्ने अपेक्षाका साथ गरिएको यस कार्य सम्भवत काभ्रेको १३ वटै स्थानिय तहमा पहिलोपटक नमोबुद्धले थालनी गरेको बताए ।

    बढ्दो महामारीको समयमा स्वास्थ्यकर्मीहरुको भुमिकाको बारेमा चर्चा गर्दै नगर प्रमुख शर्माले नगरमा रहेका सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क विमा गरीदिने समेत प्रतिवद्धता जनाएका छन् । उनले अब देखि स्वास्थ्य स्वयंसेविकाहरुको निमित्त महिनाको १ हजार थप भत्ता र संचार खर्च बापत वार्षिक २५ सय उपलब्ध गराउने पनि बताए ।

    स्वास्थ्य शाखा संयोजक राजु वोगटिका अनुसार सिमकार्ड र मोवाइलको लागि नगरपालिकाले चालु आर्थिक बर्ष २०७६/७७ मा २ लाख ११ हजार विनियोजन गरेको थियो । मोबाईल र सिमकार्ड वितरण गर्नुको उद्देश्य भनेको सुचना आदन प्रदानमा थप सहजता ल्याउन र सबैलाई सञ्चारको पहुँचमा पुर्याउनु रहेको संयोजक वोगटिले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार