२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

क्वारेन्टाईनमा एक बृद्धको मृत्यु


६५६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टिनमा बसेका उनको बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

    मृतकको शव गण्डकी अस्पतालमा राखिएको र स्वाब सङ्कलन गरी कोरोना परीक्षणको तयारी भइरहेको छ । मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार