२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

कृषि अन्तरक्रियामा विचौलियाको अन्त्यको माग


२५०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा अगुवा कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि कार्यमा जुटिई रहेका कृषकहरुको हितको लागि कसरी अगाडी बढ्न सकिन्छ भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना भएको थियो ।

    रोशी गाउंपालिका वडा नं १०,द्वारा आयोजित उक्त, कार्यक्रमका प्रमुख अतिथि चलचित्र क्षेत्रका नायक एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिनियर म्यानेजर दानराज चौलागाइ रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि चौलागाईले कृषि स्वस्थ्य सँग सगै जीवन बीमालाई मध्यनजर गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो ।

    रोशी गाउंपालिका वडा नं १० का वडा अध्यक्ष दुधराज तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागि कृषकहरुले आफुहरुले उत्पादन गरेको कृषि उपजहरु बिक्रि गर्दा बिचौलियाको भरमा पर्नु परेको गुनासो गर्नुभएको थियो । सहभागिहरुले भन्नुभयो कृषकहरुले उत्पादन गरेको कृषि उपज कृषकहरुले नै उपभोक्ताहरुसंग पुर्याउने वातावरण मिलाउनु पर्ने धारणा राख्नु भएको थियो ।

    वडा अध्यक्ष दुधराज तामाङ को अध्यक्षता मा सञ्चालन भएको कार्यक्रममा विशेष अतिथिमा कृषि विभाग विभागीय संयोजक पृथ्वी भुजेल, अथिती सेवक नेपालका सक्रिय अभियान्ता नवराज फुयाँल लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार