२०८१ कार्तिक २४, शनिबार | Sat, 09, Nov, 2024

राजस्व छल्ने फर्मलाई ४ अर्बको विगो माग


२२७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — राजस्व अनुसन्धान विभागले राजस्व छलेको आरोपमा दुई फर्म र तिनका सञ्‍चालकविरुद्ध झण्डै ४ अर्ब रुपैयाँ विगो मागदाबी गरेर मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दामा बिगोको दोब्बर जरिवाना र संलग्नहरुमाथि कैद सजायको मागदाबी समेत छ ।

    विभागले सोह्रखुट्टेको हाइटेक ईन्टरनेशनल प्रा.लि.का सञ्चालकसहित दुई जनामाथि २ अर्ब ४२ करोड रुपैयाँ बिगो मागदाबी गरेको हो । उक्त कम्पनीले भन्सार विन्दुबाट मालसामान ल्याउँदा लुकाई छिपाई ल्याएको आरोप छ । उसले त्यसरी ल्याएको सामानमध्ये थोरैको मात्रै बिल जारी गरेको भन्दै विभागले १ अर्ब ७१ करोड रुपैयाँ भन्सार चुहावट गरेको आरोप लगाएको हो । अनि ५९ करोड २८ लाख रुपैयाँ भ्याट छलेको आरोप छ । आयकर र लाभांश गरी १२ करोड १४ लाख गरेको आरोप छ ।

    त्यसैगरी, ललितपुर सानेपामा रहेको जेएसएस मोबाईल सर्भिसेजसहित अरु तीन कम्पनीका सञ्‍‍चालकले १ अर्ब ३९ करोड रुपैयाँ छलेको आरोपमा विभागले अर्को मुद्दा दायर गरेको हो । ती कम्पनीहरुमाथि भन्सार छलेर मेमोरी कार्ड, पेन डाईभ लगायतका सामान ल्याएको आरोप छ । उनीहरुको कम्पनीमा छापा मार्दा वास्तविक कारोबार लुकाउन छुट्टै खातापाता राख्ने गरेको भेटिएको विभागको दाबी छ ।

    विभागले १ अर्ब १ करोड भन्सार छलेको, ३२ करोड २४ लाख भ्याट छलेको अनि ४ करोड ८५ लाख रुपैयाँ आयकर र लाभांश छलेको आरोप लगाएको हो । उक्त कम्पनीका साथ राजस्व छलीको आरोपमा मुछिनेमा श्याम इम्पेक्स र श्याम बाबा इन्टरप्राइजेजका सञ्चालक छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार