२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुराकीले पाए डेढ करोड


२६९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — गृहमन्त्री रामबहादुर थापा र तत्कालीन गृहसचिव प्रेमकुमार राईले ‘तजबिजी अधिकार’ प्रयोग गर्दै सुराकी परिचालनमा करिब डेढ करोड रुपैयाँ खर्च गरेका छन् ।  गृहमन्त्री थापाले ७२ लाख र तत्कालीन गृहसचिव राईले ७३ लाख ९ हजार रुपैयाँ सुराकीमा खर्च गरेका हुन् ।

    गृहमन्त्रीले एक पटकमा ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न मिल्छ । राईले ०७६ माघमै अवकाश पाइसकेका छन् । ०७४ फागुनमा गृहमन्त्री बनेका थापाले अघिल्लो आव जस्तै ०७५/७६ मा पनि मनलाग्दी सुराकी र शान्तिसुरक्षा शीर्षकमा खर्च गरेको महालेखाको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र प्रमुख जिल्ला अधिकारीले पनि सुराकी र शान्तिसुरक्षा व्यवस्थापनका नाममा मनलाग्दी खर्च गरेका छन् । तर यसको अभिलेख महालेखाले राखेको छैन ।

    सुराकीमा कानुनको छिद्रलाई टेकेर मनलाग्दी खर्च हुने गरेको हो । कानुनमा एक पटकमा कति खर्च गर्ने भनेर तोकिए पनि दैनिक, साप्ताहिक र मासिक कतिसम्म खर्च गर्ने भनेर किटान गरिएको छैन । तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले ०५० जेठ १३ गते शान्तिसुरक्षाका लागि भन्दै गृहमन्त्रीले एक पटकमा ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था मन्त्रिपरिषद्बाट गराएका थिए । त्यसयता बर्सेनि शान्तिसुरक्षा र सुराकी खर्चका नाममा गृहमन्त्री र गृहसचिवले मनलाग्दी खर्च गर्ने गरेका छन् । महालेखाले यो प्रावधानलाई पुनरावलोकन गरी तजबिजी खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार