२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चोरीको आरोपमा बाउ छोरालाई प्रहरीले झ्याप


२९३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • ४ साउन, काठमाडौं । मोरङमा चोरीमा संलग्न रहेको आरोपमा बाबु-छोरा पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ सालबारी बस्ने ५५ वर्षीय मुगु उराउ र उनकै छोरा सुनिल उराउ रहेका छन् ।

    उर्लाबारी नगरपालिका–३ मंगलबारेटोल बस्ने अम्बिका प्रसाद रिजालको घरबाट मोबाइल, सुन तथा चाँदीका गरगहना लगायतका सामग्री चोरी चोरी गरेको आरोपमा प्रहरीले बाबु-छोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उराउको घर खानतलासी गर्दा चोरी भएका सामानहरु मध्ये मोबाइल २ थान, चाँदीको पाउजु १ जोर बरामद भएको जनाएको छ ।

    अनुसन्धानको क्रममा सुनिलकै बाबु समेतको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    चोरीमा संलग्न रहेका उर्लाबारी नगरपालिका–३ शनिबारे हटिया लाइन बस्ने २१ वर्षीय वाँया चौधरी भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार