२०८१ कार्तिक २४, शनिबार | Sat, 09, Nov, 2024

पाँचखालमा पोजेटिभ देखिएका सवैले जिते कोरोनालाई


२३७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/विश्वमा फैलिएको कोरोना भाईरसको कारण पाँचखाल पनि अछुतो रहेन । रैथाने (स्थानिय) लाई कोरोना संक्रमण नभएपनि आयातित (विदेशबाट आएका) ६ जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।

    रोजगारी क्रममा बिदेशमा रहेकाहरु बिभिन्न मितिमा आफ्नो घरमा फर्कने क्रममा पाँचखाल नगरको क्वारेन्टाईन कक्षमा रहेका ६६ जना मध्य ६ जनामा पोजेटिभ देखिएको थियो । ति पोजेटिभ देखिएकाहरु मध्य दुई जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालको आईसोलेसनमा राखेर उपचार गरि निको भएको थियो भने अन्य ४ जनालाई काठमाडौ टेकु र भक्तपुर खरिवोटमा राखेर उपचार गर्दा निको भई घर फर्किएका छन् । जसको कारण पाँचखालमा कोरोना संक्रमितको संख्या सुन्ना भएको छ ।

    बिभिन्न मितिमा बिदेशबाट आएर पाँचखालको क्वारेन्टाईनमा बसेकाहरु मध्य पाँचखाल वडा नं १ का पुरुष १, वडा नं ३ का पुरुष १, वडा नं ६ का पुरुष १, पाँचखाल वडा नं ९ का पुरुष १, वडा नं १० का पुरुष १ र वडा नं १२ का पुरुष १ गरी ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । ति सवै जनाको उपचार पश्चात निको भई आ—आफ्नो घर फर्किएका छन् । नगरपालिकाले संञ्चालन गरेको क्वारेन्टाई कक्षको उचित व्यवस्था साथै विदेशबाट आउना साथ क्वारेन्टाईन कक्षमा रहने वातावरण बन्दा समुदायमा कोरोना फैलन पाएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार