२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

बाडिले बगाउंदा दुईको मृत्यु


२६४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • अनिता मैनाली

    ७ साउन,सर्लाही । सर्लाहीमा खोला र नहरमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

    लालबन्दी नगरपालिका-४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका-४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा उनलाई मंगलबार बाढीले बगाएको थियो । उनको शव बगेको ठाउँदेखि करिब ३ किलोमिटर दक्षिण खोलाको बगरमा बुधबार फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

    यसैगरी रामनगर गाउँपालिका-६ मलघाटास्थित कुण्डि नहरको लच्का तर्ने क्रममा नहरमा आएको बाढीले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय बजेन्द्र झा रहेका छन् । बुधबार उनलाई नहरमा आएको बाढीको वेगले बगाएको थियो । उनको शव बगेको ठाउँदेखि करिब ५ सय मिटर दक्षिणमा फेला परेको कुँवरले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार