२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

उद्योग वाणिज्य महासंघको निर्वाचन  स्थगित


२००३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • श्रावण ८, काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको यही २५ र २६ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले बनाइन् । ‘लकडाउन खुला गरे पनि सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्नु भनेको छ,’ उनले कान्तिपुरसित भनिन्, ‘त्यसैले हामीले निर्वाचन स्थगित गर्ने निर्णय गरेका हौं ।’ यदि सरकारले सभा, सम्मेलन गर्न पाइने सूचना जारी गरेमा त्यसको १५ दिनभित्र निर्वाचन गर्ने निर्णय पनि गरेको उनले बताइन् । 

    बैठकमा पदाधिकारीहरु र ८ जना पूर्वअध्यक्षहरु सहभागी थिए । सबैले सरकारको निर्णयलाई मान्नुपर्ने धारणा राखेपछि निर्वाचन स्थगितको निर्णय भएको हो । महासंघको वरिष्ठ अध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् । वरिष्ठ उपाध्यक्षलाई मुख्य पद मानी अर्को निर्वाचन हुनुपर्ने हो । उक्त पदमा हालका उपाध्यक्षद्वय चन्द ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुसहित विभिन्न पदका लागि चैत्र २८ र २९ गते निर्वाचन हुनुपर्ने थियो । तर चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेपछि निर्वाचन स्थगित भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार