२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

क्रसरका कारण वि.पि राजमार्ग जोखिममा


२११७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे – क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण असुरक्षित बन्दै गएको स्थानीयवासीको भनाइ छ ।

    पानी पर्न थालेसँगै आउने त्रसरको डस्टका कारण राजमार्ग अवरुद्ध हुने गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका क्षेत्रमा बढी क्रसरका कारण जोखिम बढेको स्थानीयको भनाइ छ । सडकभन्दा माथि सञ्चालित उद्योगले सडकमा बढी जोखिम भएको उनीहरूले बताए ।
    रोसी गाउँपालिका वडा नं. ८ डिप्सामा रहेको नाङ्साल क्रसर उद्योग, नमोबुद्ध नगरपालिकामा रहेको मनकामना र रोसी गाउँपालिकामा रहेको पशुपति उद्योगका कारण बढी जोखिममा परेको छ । उक्त उद्योगका कारण ढुङ्गा झर्ने तथा डस्ट पानी परेसँगै राजमार्गमा आएपछि अवरुद्ध हुने गरेको छ । रोसी गाउँपालिकाका अध्यक्ष डीबी लामाले पानी परेसँगै आउने क्रसरको डस्टका कारण राजमार्ग असुरक्षित भन्दै गएको बताउनुभयो । हामीले पटक÷पटक राजमार्ग र रोसी खोलालाई जोगाइदिन आग्रह गर्दै आएका छौँ तर सुनुवाइ भएन ।
    राजनीतिक पहुँचका आधारमा सञ्चालित क्रसर तथा खानी उद्योगलाई कारबाही गर्ने निकाय नै मौन रहने गरेका छन् । राजमार्ग अवरुद्ध भएपछि रोसी गाउँपालिका, प्रहरी र स्थानीयले खुलाउँदै आएका छन् । हिउँदमा समेत सुक्खा पहिरो आउँदा राजमार्ग डाइभर्सन गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा मधुसुधन तिमल्सिनाले लेखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार