२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा विप्लव माओवादीका दुई नेता प्रहरी नियन्त्रणमा


२७२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे जिल्ला रोशी गाँउपालिका वडा नं. ०७ कटुन्जेबेशी स्थित बि.पि. राजमार्ग रोशी गाँउपालिका वडा नं. ०५ को सिसाखानी छाप घर भई हाल भक्तपुर सुर्यबिनायक लक्ष्मीमार्गमा बस्दै आएका विप्लवका दुई नेतालाई काभेरे प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिबन्धित ने.क.पा. बिप्लव समूहका काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला सदस्य पदमा कार्यरत सक्रिय कार्यकर्ता गंगा बहादुर मोक्तान र प्रेम लामा भन्ने प्रशान्त कुमार मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    पक्राउ परेका नेता द्वयलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शिर्षकमा मुद्दा दर्ता गरेको छ ।

    आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमाबाट दिन ७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्यलाई अगाडी बडाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार