काभ्रे । काभ्रे जिल्लाको बनेपामा आज (शनिबार) ६ जनामा कोरोना पुष्टि भएको छ ।
काभ्रेको बनेपा नगरपालिका स्थित जनगालमा रहेको संघिय प्रहरीकार्यालयमा कार्यरत ५ जना पुरुष प्रहरीमा र बनेपा स्थित शिरमेमोरियल अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी समेत गरी ६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी गराउनु भएको छ ।
प्रमुख झाकाअनुसार पिसिआर रिपोर्टबाट पोजेटिभ देखिएका ६ जनालाई बनेपा स्थित शिर मेमोरियल अस्पतालमा राखि उपचार सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस