२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुर्घटनामा परि ३ को मृत्यु ३१ घाईते


२७०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • डोटी — डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । भारतबाट फर्किएका यात्रु बोकेर धनगढीबाट अछाम आइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बुधबार बिहान ६ बजेतिर दुर्घटना भएको हो ।

    मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । घाइते भएकामध्य २६ जनाको उद्धार गरी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ भने अन्यको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार