२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एमबुलेन्स खरिद गर्ने तयारीमा गाउपालिका,


२४६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • रमन वन श्रावण २८ खोटाङ,

    खोटाङको बाराहपोखरी गाउँपालिकाले गाडी किन्ने बजेटले एम्बुलेन्स खरिद गर्ने भएको छ ।

    जिल्लाभरीका अन्य स्थानीय तहरुले कार्यालय प्रयोजनका लागि स्थानीय तह कार्यान्वयनमा आएसँगै गाडी किन्दा मोटरसाइकलले काम चलाइरहेको यस स्थानियतहले भने पालिकाबासी नागरिकहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै एम्बुलेन्स खरिद गर्ने भएको हो ।

    चालू आर्थिक वर्ष २०७७—०७८ मा भाडाको सवारी साधन प्रयोग गर्दा भोग्नुपरेको समस्यालाई मध्यनजर गरी सहज उपचार सेवा दिलाउने उद्देश्यका साथ एम्बुलेन्स खरीद गर्ने निर्णय गरिएको गाउँपालिकासो्रतले जनाएको छ ।

    स्थानीय तह कार्यान्वयन भएदेखी नै गाडीका लागि बजेट नछुट्याएको गाउँपालिकाले एम्बुलेन्स खरीदका लागि भने आवश्यक बजेटको व्यवस्था गरेको छ ।

    ६ वडा रहेको गाउँपालिकामा स्थानीय बिरामी हुँदा उदयपुरको गाईघाट तथा तराइका अन्य क्षेत्रमा लगेर उपचार गराउनुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै एमबुलेन्सको व्यावस्था गरिने भएको पालिका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो ।

    गाउँपालिकाले पालिकाभित्रका सबै वडाका लागि एक,एक वटा मोटरसाइकल र गाउँपालिकामा ५ वटा मोटरसाइकल खरीद गरिसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार