२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

२४ वर्षपछि फरार अभियुक्तहरु पक्राउ


२३६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • रमन वन खोटाङ,

    खोटाङमा फरार अभियुक्तहरु पक्राउ परेका छन् । विभिन्न मितिमा जिल्ला अदालतबाट कैद हुने ठहर भएका ज्यानमार्ने उद्योग मुद्दा लगायतका अन्य मुद्धाका प्रतिवादीहरु फरार रहेकामा पक्राउ परेका हुन् ।

    २०५३ भाद्र १२ गते साविक दिपसुङ गाविस र ऐसेलुखर्क गाउपालिका १ राखावाङदेलको विच सिमानामा पर्ने बानेमा भएको ज्यानमार्ने उद्योगको घटना सम्बन्धमा ४ जनाको संलग्नता रहेकोमा तत्कालै ३ जना पक्राउ परेको जनाइएको छ ।

    यस्तै सोही घटनामा वारदात समयदेखि नै फरार रहेका साविक दिपसुङ गाविस तथा केपिलासगढी गाउपालिका वडा नं. ६ बस्दै आउनुभएका दलबहादुर राईको छोरा ५४ वर्षिय युवराज राई ज्यानमार्ने उद्योग मुद्दामा जिल्ला अदालत खोटाङले मिति २०६५ चैत्र ३ गते को फैसलाबाट ७ वर्ष कैद हुने ठहर भएकोमा निजको जिल्ला प्रहरी कार्यालय खोटाङले खोजतलासको क्रममा श्रावण २८ गते वेलुकी अन्दाजी ६.३० वजे केपिलसागढी गाउपालिका वडा नं. ६ बिसुदु भन्ने स्थानको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

    निजलाई आजै जिल्ला अदालत खोटाङ पेश गरी कैद भुक्तानको लागि खोटाङ कारागार पठाईएको जनाइएको छ । त्यस्तै पछिल्लो १ हप्तामा सवारी ज्यान मुद्दाको २ जना र जवरजस्ती करणी उद्योग १ जना गरी ३ जनालाई पक्राउ गरी सम्मानित जिल्ला अदालतमा पेश गरी आजै कैद भुक्तानको लागि कारागार पठाइएको डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार