२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

अर्खौले बजारमा कृषि उपज संकलन तथा बिक्रि वितरण केन्द्र स्थापना हुुँदै ,


६६६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • रमन वन खोटाङ,

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि उपज संकलन तथा बिक्रि केन्द्र निर्माणको कामलाई अगाडी बढाएको छ ।

    ११ वडा रहेको नगरपालिकामा सबै वडाभित्रका किसानहरुले उत्पादन गरेका तरकारी फलफुल तथा खाद्यवस्तुहरु खरिद गरि संकलन गरेर बिक्री गर्नका लागि वडा नं. १० अर्खौले बजारमा कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरिएको हो।

    कृषि उपज बिक्री वितरण र विनिमय गर्ने उद्येश्यअनुरुप गत आर्थिक वर्ष २०७६÷०७७ बाट कृषि उपज संकलन तथा बिक्रि वितरण केन्द्र निर्माणको काम सुरु गरेको नगरप्रमुख इवन राईले बताउनुभयो ।

    साथै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ ले लकडाउन भएपछि प्रभावित बन्न पुगेको काम हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको नगरप्रमुख राईको भनाई छ ।

    आर्थिक वर्ष ०७७÷०७८ मा १० लाख बजेट विनियोजन गरि कामलाई अगाडी बढाइएको जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार