२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

६ प्रहरी जवानमा कोरोना पुष्टि


१५२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३ साल अघि
  • रमन वन खोटाङ,

    खोटाङमा ६ जना प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । साउन २३ गते बिराटनगरबाट जागिर सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जवानमध्ये ६ जनालाई कोरोना संक्रमण पूष्टी भएको हो ।उनिहरु हाजिर हुन आए लगत्तै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा राखिएको जनाइएको छ ।

    साउन २७ गते केन्द्रिय प्रयोगशाला काठमाडौँ स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि पठाइएकोमा जसमा छ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद शिग्देलले जानकारी दिनुभयो ।

    कोरोना संक्रमण भएको मौखिक जानकारी आएपछि उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने कोरोना पुष्टि गर्न बाँकी रहेकोे छ।

    संक्रमण देखिएका ६ जनासँगै राखिएका अन्य दुई प्रहरी जवानलाई थप केही समयका लागि क्वारेन्टीनमा राखिने भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र बराहपोखरी गाउँपालिकाका १ जना गरेर जम्मा १३ जना कोरोना देखिएकोमा उपचारपछि फरक–फरक समयमा निको भएर घर फर्किसकेका छन् ।यस्तै दिप्रुङचुइचुम्मा गाउपालिका १ याम्खाका २६ वर्षीय संक्रमित युवाको भने हाल उपचारत भैरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार