२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

काभ्रेमा कोरोनबाट मृत्यु हुनेको परिवारमा ९ जनालाई कोरोना पुष्टि


२३४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • २ भदौ, काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको परिवारका ९ जनालाई पनि संक्रमण पुष्टि भएको छ ।

    धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो । काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।

    अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । ‘उहाँहरुको घरमा काम गर्ने एक जनाबाहेक अरुको रिपोर्ट पोजेटिज आएको छ,’ काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले भनेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार