२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

नेकपा एमाले पार्टी दर्ता हुने ,चिन्ह उदाउंदै गरेको सुर्य , केहिदिनमै प्रमाणपत्र आउने


२५०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ४ साल अघि
  • निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको छ।आयोगको बुधबार बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो। मोरङकी तिवारीको अध्यक्षमा दल दर्ता गर्न आयोगमा निवेदन परेको थियो।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले दर्ता गर्ने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।‘आज बसेको आयोगको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताको प्रमाणपत्र केहि दिनमै दिन्छौं।’एमालेले चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ।

    केही समयअगाडि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमै नेकपा एमाले दर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको आरोप लगाएका थिए। ओलीले उक्त कुरा स्वीकार गरेका थिएनन्।गत असार १२ गते तिवारीले दल दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार