२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज काभ्रेमा पाँच जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो


२३५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • आई.आर.के मैनाली

    ३ भदौ २०७७,
    काभ्रे। काभ्रे जिल्लामा आज (बुधबार) ५ जनालाई कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालका ३ कर्मचारी, बनेपा नगरपा नगरपालिका वडा नं ९ कि २९ बर्षिय महिला र बनेपा नगरपालिका वडा नं १३ का ३९ बर्षीय पुरुष रहेका छन् ।
    कोरोनाको प्रकोप फैलिएदेखि काभ्रेमा समाचार तयार पारुन्जेल सम्म १०२ जनालाई कोरोना पुष्टि भएको छ । जसमध्य पाँचखालकी एक महिला र धुलिखेलको एक पुरुष गरी २ जनाको मृत्यु भएको छ ।
    कोरोना संक्रमित मध्य ३५ जनाको उपचार भई घर फर्किएका छन् भने ६५ जना बिभिन्न अस्पतालमा उपचार गर्दै गरेको डा. नरेन्द्र कुमार झाले जानकारी गराउनु भयो ।
    डा. झाका अनुसार कोरोना रोग फैलन नदिनको लागि काभ्रेमा उच्च सतर्कता अपनाएको छ । जिल्लामा रहेका १३ वटै स्थानिय तहले खेलेको सकारात्मक भुमिकाले गर्दा थप रोग फैलन नपाएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार