२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

असक्त, अपाङ्ग, ज्येष्ठ नागरिकले पाए घरैमा नागरिकता 


२२२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • रमन वन खोटाङ,

    जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी गाउपालिकामा असक्त, अपाङ्ग ज्येष्ठ नागरिकसहित ४ जनालाई  नागरिकता प्रदान गरेको छ ।

    लामिडाँडा भालुढुंगाका ७१ वर्षीया फुल कुमारी माझी, ६८ वर्षीया खरा माझी, हलिवनका ७४ वर्षिय विवा माझी र तिर्पाका २२ वर्षीय रेवत मगरलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल,जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमोरिया, जिल्ला प्रशासन कार्यालय खोटाङका नायव सुव्वा सिताराम आचार्य , खरिदार ओसन वावु सुवेदी, गाउपालिका अध्यक्ष लिलानाथ निरौला लगायतको टोली शनिबार घरैमा पुगेर नागरिकता प्रदान गरेकोे हो ।

    हालसम्म सदरमुकाम दिक्तेल उपस्थित भई नागरिकता लिन नसकिरहेका नागरिकहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको रावाबेंशी गाउँपालिकाका कम्प्युटर अपरेटर नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार