२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

कोरोना संक्रमण जोगाउ अभियानमा पाँचखाल


२४८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलन नदिनको लागि पाँचखाल नगरपालिकाले अभियान चलाएको छ ।

    मुलुकमा चैत्र ११ मा लकडाउन भएदेखि नगरवासिहरुलाई कोरोनाको बारेमा सचेत गराउंदै आएको पाँचखाल नगरले नगरवासिहरुको सुरक्षाको खातिर निरन्तर रुपमा कार्यहरु गर्दै आएको छ ।

    सुरुका अवस्थादेखि जनचेतना फैलाउने कार्यको लागि नगरका जनप्रतीनिधहरु, कर्मचारीहरु समेत नगरवासिको घरघरमा पुगेर चेतना प्रदान गर्दा पाँचखालका नगरवासिहरु सुरक्षीत नै रहेका छन् ।

    पछिल्लो समयमा लकडाउन खुकुलो भएपछि नगरको प्रमुख व्यापारिक केन्द्रमा बिभिन्न स्थानबाट आउनेहरुको अवस्थालाई मध्यनजर राख्दै संक्रमण बढ्न नदिनको लागि नगरमा लकडाउन गरेको छ । अति आवश्यक सामानहरुको खरिद बिक्रिको लागि (विहान ६ देखि ९ र बेलुका ४ देखि ६बजे सम्मको ) निश्चित समय निर्धाारण गरेको छ ।

    सोही निर्धारित समयलाई पालना गराउनको लागि व्यापक मात्रामा चेतना प्रदान गर्दै सुचना प्रदान गरेको छ । सोहि क्रममा आज (आईतबार) पाँचखाल नगरका प्रमुख प्रसाशकिय अधिकृतको नेतृत्वका कर्मचारीहरु, वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, वडा नं २ का वडा अध्यक्ष हरिराम सापकोटा र पाँचखाल प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक राजेश कुमार शर्मा अधिकारी समेतको प्रहरी टोलीले बजार परिक्रमा गर्दै निर्धारित समयमा मात्र व्यवसाय संञ्चालन गर्न सुझाव दिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार