२०८१ आश्विन २२, मंगलबार | Tue, 08, Oct, 2024

कोरोनाको कारण कांग्रेस नेताको मृत्यु


२६५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको हो ।

    उनको उपचारका क्रममा बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालमा मृत्यु भएको हो । चार दिन अघिदेखि भेन्टिलेरमा राखेर उपचाररत उनको उनको मगंलबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. प्रविण नेपालले बताए । उनका अनुसार साउन २७ गते कोरोना पुष्टि भएका उनी साउन ३१ गते अस्पताल भर्ना भएका थिए । ३२ गतेदेखि आईसीयूमा उपचाररत थिए ।

    ‘सुरूदेखि नै उहाँको अवस्था गम्भीर थियो,’ उनले भने, ‘उहाँलाई मुटुरोग, प्रेसर, सुगरलगायत अन्य समस्याहरु पनि थियो ।’ उनको मृत शरीर व्यवस्थापनका लागि आर्मी अस्पताल आइसकेको उनले जानकारी दिए । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार रञ्जितले वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा सुरु गरेका थिए । रञ्जितको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार