सल्लेभुम्लु/काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाको कार्यपालिकावाट दिदै आएको सेवा बन्द गरिएको सूचना जारी गरेको छ । गाउँपालिकाको वडा नं ६,८ र १० का स्थानीय बासिन्दा तथा गाँउपालिकाको कर्मचारी समेतलाई कोरोनाको संक्रमण देखिएकाले र बाँकी समुदायमा समेत संक्रमण फैलने सक्ने प्रवल संम्भावना देखिएकाले गाउँपालिकाको भदौ ९ गतेको निर्णय अनुसार अर्काे सूचना जारी नभएसम्मको लागि गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको गाउँपालिका अध्यक्ष गुमानध्वज कुंवरले बताउनुभयो ।
अब कन्ट्राक टे«सिङ लगायतको काम स्वास्ूथ्यका कर्मचारीहरुले सुरु गर्ने तथा अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर नस्किन उहाँले अनुरोध समेत गर्नुभएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाइले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका अरु सेवाहरु बन्द भएको उल्लेख छ ।
वडा नं ८ को सम्पुर्ण क्षेत्र सिल
भुम्लु गाउँपालिकाको वडा नं ८ को सम्पुर्ण क्षेत्र सिल गरिएको सूचना जारी गरेको छ । गाउँपालिकाको वडा नं ८ मा एक जना कर्मचारीमा कोराना संक्रमण देखिएपछि बाँकी समुदायमा समेत फैलने सक्ने संम्भावना रहेकाले गाउँपालिकाको मिति २०७७ भदौ ९ गते बसेको बैठकको निर्णय अनुसार अर्काे सूचना प्रकाशन नभएसम्म वडा नं ८ को पुरै क्षेत्र सिल गरिएको छ । भदौ ९ गते राती १२ बजेदेखि अर्काे सूचना जारी नभएसम्मको लागि पसल व्यवसायहरु नखोल्ने, सवारी साधन नचलाउन,हिडडुल नगर्न अत्यावश्यक काम बाहेक बाहिर नजान अनुरोध गरेको छ । यो समयमा स्वास्थ्चौकी तथा स्वास्थ्य प्रयोगशालावाट प्रदान गरिने सबै सेवाहरु बन्द भएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस