२०८१ आश्विन २४, बिहिबार | Thu, 10, Oct, 2024

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी


२७२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असोक कुइकेल

    काठमाडौँ – प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवा (न्युरोड)मा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले कोरोना नियन्त्रण कार्यमा खटिएका प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवामा कार्यरत ट्राफिकसहित ६७ जना सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको जानकारी दिए ।
    ती वृत्तमा कार्यरत प्रहरी कर्मचारीमा सर्वसाधारण सेवाग्राही तथा थुनुवाबाट सङ्क्रमण फैलिएको दाबी प्रहरीको छ । ‘बन्दाबन्दी’ हटेसँंगै विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएकामा सङ्क्रमण देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार