२०८१ भाद्र २८, शुक्रबार | Fri, 13, Sep, 2024

पाँचखालमा १७ भाद्र सम्म लकडाउन


२३८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल नगरपालिकाले भाद्र १७ गते सम्म अत्यावश्यक सेवामात्र दिने निर्णय गरेको छ ।
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नगरपालिका क्षेत्र समेत प्रभावित हुनसक्ने नगरपालिकाले भाद्र १७ सम्म अत्यावश्यक सेवामात्र प्रवाह गर्ने नगरका प्रमुख प्रशासकीय अधिकृत लोकबाहदुर भण्डारीले जानकारी दिनुभयो ।

    नगरप्रमुख महेश खरेलको संयाजकत्वमा बसेको नगरर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले यस अघि भाद्र १२ गते सम्म अत्यावश्यक सेवा बाहेकका कामहरु रोक्ने निर्णयलाई निरन्तरता दिदै भाद्र १७ गते सम्म पु¥याएको हो । बैठकले कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिमा पर्नसक्ने असर र सोका लागि अख्तियार गर्नुपर्ने रणनीति बारेमा सकेत छलफल गरेको छ । बैठकले निर्णय कार्यान्वयनमा सहयोग गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी,व्यापारी,संघ, संस्था, क्लव, टोल सुघार समिति, बैँक, वित्तीय संस्था, सहकारी, ध्यानरयोगा केन्द्र, धार्मिकरसांस्कृतिक केन्द्र,पेशाकर्मी, वुद्धिजीवि, समाजसेवी, कृषक एवं पशुपालक लगायत सम्पूर्ण नगरवासीमा धन्यवाद दिँदै अर्को सुचना नभएसम्मका लागि यसअघिका सम्पूर्ण निर्णयलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्न आह्वान गरेको छ ।

    बैठकले कोरोना रोकथाम एवं नियन्त्रण र प्रतिकार्यका लागि यस अघिका समेत सबैनिर्णयहरूको कार्यान्वयनको थप प्रभावकारिताका लागि स्थानीय जनप्रतिनिधि एवं सुरक्षा निकायबाट सघन अनुगमनलाई निरन्तरता दिने, नगरपालिका कार्यालय र वडा कार्यालयले प्रवाह गर्ने सेवाको हकमा पनि भाद्र १७ गते बुधवार सम्मको लागि अत्यावश्यक बाहेक सेवा रोक्ने जनाएको छ ।

    त्यतै सेवा अवरुद्द हुँदा पर्न जाने असुविधा प्रति नगरपालिका कार्यालय सम्पूर्ण नगरबासीमा क्षमा माग्दै कोरोना रोकथाम एवं नियन्त्रण कार्यमा सहयोगका लागि सम्पूर्ण नगरवासीमा हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक–पटक हात धुने, अंकमाल नगर्ने, एक अर्कासँग भौतिक दुरी कायम गर्ने, ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदुषण मात्रै रोक्ने हुँदा सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने नजिकको स्वास्थ्य संस्थामा जचाउँन आह्वान गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार