२०८१ आश्विन २६, शनिबार | Sat, 12, Oct, 2024

आठ दाजुभाइको संयुक्त लगानिमा मझुवा कालिका कृषि फर्म सञ्चालन


३००५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • रमन वन १६ भाद्र खोटाङ,
    खोटाङमा आठ दाजुभाइ मिलेर मझुवा कालिका कृषि फर्म प्रा.लि. सञ्चालन गरेका छन् ।
    जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका बलबहादुर कट्वाल, गुणराज कट्वाल, मदन कट्वाल, जयनारायण कटवाल, हरीबहादुर कट्वाल, अमृत कट्वाल, होमराज कट्वाल र मुनराज कट्वालको संयुक्त लगानी रु। २० लाखमा अर्गानिक कृषि फार्म सञ्चालन गरिएको हो ।

    वि.सं. सम्बत २०७५ साल असोजमा काठमाडौँमा दर्ता गरी सञ्चालनमा ल्याइएको उक्त फार्ममा हाल विभिन्न किसिमका तरकारीजन्य वस्तुहरु किभि, टमाटर,भण्टा, तितेकरेला,काँक्रा, काउली, बन्दा,च्याउ, धनिया लगायतका सबै हरिया तरकारी पाउनुका साथै माछा पालन,कुखुरा पालन,बाखा्र पालन पनि गरिएको छ ।
    तरकारीको लागि पानीको व्यवस्थापन गर्न २ वटा सिमेन्टेड पोखरी र एउटा प्लास्टिक पोखरी गरी तिनओटा पोखरीबाट थोपा सिचाँई मार्फत पानी लगाइएको छ ।यस्तै उक्त फर्मबाट फरक फरक प्रजातिका बेर्ना उत्पादन गरी विक्री वितरण समेत भैरहेको बताइएको छ ।
    किभी,स्याउ , कागती , अंगुर जस्ता फलफूलजन्य विरुवाहरु करिब १० रोपनी आफ्नै जग्गामा लगाइएको छ ।
    यस्तै एक हजार क्षमताको खोर निर्माण गरी ब्रोइलर कुखुरा पालन,३सय क्षमताको खोरमा लोकल कुखुरा पालन गर्नुका साथै फार्ममा थप माछा,कालिच,बट्टाइ, टर्की पालनका लागि धमाधम संरचनाहरु निर्माण भैरहेको फार्मका अध्यक्ष बल बहादुर कट्वालले बताउनुभयो।
    साथै फर्मलाई थप व्यावस्थापनका साथ अगाडी बढाउने उद्ध्यश्य भएको भएपनि आफ्नो लगानिबाट मात्र सम्भव नभएपछि पटक पटक सरोकारवाला निकायसमक्ष आफ्नो गुनासो राखेको तर सोचेअनुरुप सहयोग प्राप्त नभएको फर्मका अर्का सञ्चालक गुणराज कट्वालको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार