२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बुहारी मार्ने अधिकारीलाई प्रहरीले झ्याप


१९९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १८ भदौ,  काभ्रे। बञ्चरो प्रहार गरेर बुहारीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे नमोबुद्ध नगरपालिका–८, दाप्चाका ४२ वर्षीय सुदर्शन अधिकारी छन् ।

    जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी रविराज पौडेलका अनुसार अधिकारीमाथि बुहारी ३७ वर्षीया रञ्जना तिमल्सिनालाई हत्या गरेको अभियोग छ ।

    उनका अनुसार टाउको र घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको खबर आएपछि बिहीबार बिहान जिल्लाबाट डीएसपी कुमारविक्रम थापाको कमाण्डमा अपराधस्थलमा अनुसन्धानका लागि प्रहरी खटिएको थियो ।

    त्यस क्रममा मृतक महिलाका जेठाजु सुदर्शन अपरास्थलबाट घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेको पौडेलले बताए । उनका अनुसार शवलाई पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा पठाइएको छ ।

    प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण सुदर्शनले बुहारीलाई बञ्चरो प्रहार गरेको खुलेको पौडेलको भनाइ छ । प्रतिवादी सदुर्शनविरुद्ध ज्यान मुद्दामा जिल्ला अदालत, काभ्रेबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार