२०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023

काभ्रेमा आज २९ जनालाई कोरोना पुष्टि


१६३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • २४ भदौ २०७७
    धुलिखेल । काभ्रेमा आज (बुधबार) २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धुलिखेल नगरपालिकामा मात्र २५ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १७ जना महिला र ८ जना पुरुष, बनेपा नगरपालिका १ जना महिला र पनौती नगरपालिकाका ३ पुरुष रहेका छन् ।

    यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय ६३ पुगेको छ । जसमा महिला १ सय ४० जना र पुरुष २ सय २३ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा १ सय ७४ रहेका छन् । जसमा महिला ६४ जना र पुरुष १ सय १० जना रहेका छन् ।

    त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ८७ जना रहेका छन् । जसमा महिला ७५ जना र पुरुष १ सय १२ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ५७ जना अस्पतालको आइसोलेशनमा र ३० जना होम आइसोलेशनमा रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार