आई. आर.के मैनाली
३ असोज,
काभ्रें । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।
सरकारले सार्वजनिक गरेको सूचीअनुसार कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेलाई समेत समेटेको छ । जसमा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झा (बरिष्ट स्वास्थ्य प्रशासन रा.प दितिय श्रेणी) प्रवल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित हुनु भएको छ ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस