२०८० मंसिर १६, शनिबार | Sat, 02, Dec, 2023

अरनिको राजमार्गमा दुर्घटना, एकको मृत्यु दुई घाइते


१३१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • भक्तपुर । अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ घताले चोकमा दुई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन् । घलातेमा बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते रामेछाप घर भएका २० वर्षीय अनिश श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटना भएको मोटरसाइकलको उद्धार गर्न गएको भे ६प। ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते इलाम घर भएका २१ वर्षीय उज्ज्वल राई र २३ वर्षीय सुजल गहतराजको भक्तपुरको सल्लाघारीस्थित डा.इबामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु