२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाघको आक्रमणबाट एक जनाको मृत्यु


२१४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • १० असोज, चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

    वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको थियो ।

    अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको छ । इलाका प्रहरी कार्यालय गीतानगर र स्थानीय सो स्थानमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार