२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १२ लाख बजेट हिनामिना भएकोे खुलाशा


२८२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • रमन वन खोटाङ

    खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा अनियमितता भएको पाईएको छ ।

    कृषि ज्ञान केन्द्र दिक्तेल अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत तिन वडामा सुन्तला ब्लक क्षेत्र विस्तारका लागि आर्थिक वर्ष २०७६÷०७७ मा छुट्टिएको ३५ लाख बजेटमध्ये २८ हजार ४ सय निकासा भएको तथा रु.१२ लाख रूपैयाँ अनियमितता भएको पाईएको हो ।

    परियोजनाको ३५ लाख र कृषकहरूबाट ३५ लाख गरि ७० लाखमा वडा नम्बर–१ याम्खा, वडा नम्बर–२ डाडाँगाउँ र वडा नम्बर–३ छोरम्बुलाई समावेश गर्ने गरि वडामा सुन्तला ब्लक क्षेत्र विस्तार कार्यक्रम लागु गरिएकोमा ३५ लाखमध्ये १२ लाख रकम छोरम्बु घर भएका सुन्तला ब्लक संचालन समितिका अध्यक्ष लक्ष्मी कुमार राई एवम् सचिव मनोज राईले हिनामिना गरेको खुल्न आएको छ ।

    मंगलबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको अग्रसरतामा कृषक, सुन्तला ब्लक संचालन समितिका पदाधिकारीहरु र कृषि ज्ञान केन्द्रको उपस्थितीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष राई र सचिव राईले १२ लाख हिनामिना गरेको ठहर गरिएको सुचनाअधिकृत मणिचन्द्र राईले जानकारी दिनु भयो ।

    उनिहरुले खाल्डो खन्ने, प्लाष्टिक पोखरी खन्ने,सामान खरिद गर्ने, पायप वितरण, स्पेयर वितरण, हाते आरी वितरण लगायतको सामाग्री वितरण गरेको भएपनि आधा काम गरेर अन्य रकम गोजीमा हाल्ने नियत राखेका समितिका अध्यक्ष र सचिव कृषककै अगाडी आफ्नो गल्ती महसुस गर्न बाध्य भएका छन् ।

    साथै हिनामिना भएको रकम १२ लाख १० दिन भित्र कृषकहरूलाई नै फिर्ता गर्ने सार्वजनिक सुनुवाईमार्फत बताएका छन् । तर समितिका अध्यक्ष लक्ष्मी कुमार राईका अनुसार रकम हिनामिना नगरेको तर काम गर्न कोरोना भाइरस र बर्षाका कारण नसकेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार