२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाको कारण डाक्टरको मृत्यु


२३१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • सुर्खेत — कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ । दुई सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचाररत सापकोटाको दिउँसो करिब ३ बजे मृत्यु भएको हो ।

    प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । डा. खड्कासहितको टोली बिहीबार ४ बजे नेपालगन्जतर्फ गएको छ । डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् ।

    योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । मंगलबार घरमै मृत अवस्थामा भेटिएकी ३५ वर्षीया एक महिलामा बुधबार कोरोना पुष्टि भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार