२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जेष्ठ नागरीकसंग मेयरले मागे आशीर्बाद


२०२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका ११ मा जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ ।
    नमोबुद्ध नगरपालिका वडा नं ११ को आयोजनामा सय भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गर्दै दिवस मनाइएको हो । कार्यक्रम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
    कार्यक्रममा वडाका सय भन्दा बढी जेष्ठ नागरिकसँग कुराकानी गर्नुभयो भने छाता, हर्लिक्स, साबुन र सेनिटाइजर पनि वितरण गर्नुभयो । साठीदेखी सय बर्ष उमेरका जेष्ठ नागरिकसँग मेयर तिमल्सिनाले उहाँहरूको सन्चो बिसन्चो मात्रै सोध्नुभएन, आँखा कमजोर भएकाहरूलाई चाँडै गाउँमै शिविर सञ्चालन गरेर अप्रेसन गर्ने बाचा पनि गर्नुभयो । जेष्ठ नागरिक भेटघाट तथा कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले आफू जेष्ठ नागरिकलाई सम्मान मात्र नभई आशिर्वाद लिन आएको वताउनुभयो । आफुलाई गलत मार्गमा नलाग्न आशीर्वाद दिन उहाँले कार्यक्रममा भेला हुनुभएका आमाबुबालाई आग्रह गर्नुभयो । ‘यहाहरूको आशिर्वादले मलाई अझै राम्रो काम गर्ने प्रेरणा दिनेछ’ शर्माले भन्नुभयो ।
    घरमा छोराछोरीले हेरेका छन् कि छैनन् ? खाना रुच्छ कि रुच्दैन? निद्रा पर्छ कि पर्दैन भन्दै नगर प्रमुखले सोध्दा कार्यक्रममा उपस्थित जेष्ठ नागरिक खुशी देखिए ।
    नगर प्रमुख तिमल्सिनाले जेष्ठ नागरिकका लागि नगरका सबै वडामा वृद्धवृद्धा भेटघाट चौतारी निर्माणको कार्यक्रम अघि बढाएको जानकारी पनि दिनुभयो ।
    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले जेष्ठ नागरिकका ज्ञान र सीपलाई अहिलेको पुस्ताले लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न योजना र कार्यक्रम तर्जुमा गरेको पनि बताउनुभयो । यस्तै वडा अध्यक्ष कृष्णबहादुर तामाङले वडाका जेष्ठ नागरिकलाई भ्रमण गराउने उद्देश्य रहे पनि कोरोना महामारीका कारण अहिले भ्रमण गराउन नसकिएको बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई वडाले समयसमयमा सम्मान गर्दै आएको र आगामी दिनमा पनि सम्मान गर्ने वताउनुभयो । वडा सचिव शंकर भट्टराईका अनुसार वडामा रहेका १ सय ५४ जना जेष्ठ नागरिकमध्ये कार्यक्रममा सय भन्दा बढीलाई सम्मान गरिएको छ भने बाँकीलाई घरमै पुगेर सम्मान गरिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार