२०८१ माघ २९, मंगलबार | Tue, 11, Feb, 2025

पलाञ्चोक माविको भवन शिलन्यास


३२४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पलाञ्चोक भगवती मावि चार पिपलमा  चारकोठे पक्की भवनको शिलन्यास भएको छ ।
    पाँचखाल नगरप्रमुख महेश खरेलले एक कार्यक्रमका विच नयाँ बन्न लागेको अपाङ्गमैत्री भवनको शिलन्यास गरे । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
    शिलन्यास कार्यक्रममा नगर प्रमुख खरेलले पाँचखालका कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगरिने बताए ।
    पाँचखाल नगरपालिकाको समन्वय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा २ तल्लाको ४ कोठे भवन बन्नेछ । इकाईले भवन बनाउन ७० लाख उपलब्ध गराएको छ । विद्यालयमा शौचालय बनाउन १५ लाख तथा खानेपानीको लागि ८ लाख रुपैया सहयोग गरेको विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापाले जानकारी दिए ।
    यो बर्ष मात्र पलाञ्चोक भगवती माविमा अन्य २ वटा भवनको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँचखाल नगरपालिकाको ५० लाख सहयोगमा ४ कोठे पक्की भवन तथा चाउ नमस्ते इटालीको ६२ लाख सहयोगमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न हुन लागेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु