२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

राष्ट्रसेवाको प्रमुख माध्यम नै खेल हो—खरेल, महिलालाई सुरक्षीत राख्न टेवा मिल्छ करातेले—लक्ष्मी


२२७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले खेलकुदको माध्यमबाट राष्ट्रसेवामा टेवा मिल्ने बताउनु भयो ।

    आज (शनिबार) पाँचखालमा आयोजित नेपाल सोतोकाना कराते डो. को सेमिनार कार्यक्रममा प्रमुख खरेलले उक्त धारणा राख्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खरेलले थप्नुभयो—पाँचखाल नगरमा रहेका खेलपे्रमि युवा युवतिहरुलाई आफ्नो व्यक्तिगत साथै नगरपालिकाको तर्फबाट समेत सहयोग गर्ने बताउनु भयो । मानव जिवनको अभिन्न अंगको रुपमा रहेको खेल विना जिवन नचल्ने बताउंदै खेल पे्रमि युवाहरुलाई हौसला दिनु आफ्नो कर्तव्य भएको बताउनु भयो ।

    कार्यक्रममा नगरका उप—मेयर लक्ष्मी दनुवारले पछिल्लो समयमा आएर कुनैपनि प्रकारको खेलमा छोरी बुहारीहरुको राम्रो सहभागिता रहेकोमा खुसि व्यक्त गर्नुभयो । यस्तो प्रकारको सहभागिताले गर्दा कुनैपनि क्षेत्रमा महिला कमजोर नभएको साथै महिला पुरुष समान हुन् भन्ने प्रष्टिएको बताउनु भयो । महिलाहरु असुरक्षीत हुंदै गरेको अवस्थामा कराते खेलले गर्दा सुरक्षीत हुने बताउंदै आगामी दिनहरुमा कराते खेलमा महिलाहरुको सहभागिता अझै बढाउनु पर्ने जस्को लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

    नेपाल सोतोकाना कराते डो अध्यक्ष बिशाल घिमिरेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सोतोकाना कराते डो केन्द्रिय अध्यक्ष धिर्जेमान तमाङ, पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, काभे्रलि खेलकुद प्रा.लि. का संयोजक राजु राई लगाएतले आ—आफ्नो धारणा राख्नुभएको थियो । काभे्रलि खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष शुर्य भेटवाले कार्यक्रम संञ्चालन गर्नुभएको थियो कार्यक्रममा अग्रस्थानमा रहेर खेल क्षेत्रमा भुमिका निर्वाह गर्दै आउनु भएका ५० खेलाडीहरुको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार