२०८० मंसिर २३, शनिबार | Sat, 09, Dec, 2023

तातोपानी नाका भोलीबाट सञ्चालनमा


२०८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ११, मंगलबार मा प्रकाशित ३ साल अघि
  • बेइजिङ — असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन-नेपाल तातोपानी नाका बुधबारदेखि पुनः खुल्ने भएको छ। यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड-अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो। त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो।

    ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले सोमबार नाका खुल्ने तयारीबारे जानकारी दिएको हो। वाणिज्य विभागका अधिकारीले सीमा नजिकै बुधबार बैठक बस्ने, संभवतः कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएको रुम्दालीले कान्तिपुरलाई बताए।

    ‘गत सेप्टेम्बर २८ मा तातोपानी बोर्डरमा नेपाली र तिब्बती उच्च अधिकारीबीच बैठक बसेर नाका खोल्नुको उद्देश्य सुरु गर्ने भन्ने नै थियो,’ रुम्दालीले भने, ‘तर अक्टोबर ४ र ५ तारिख खुलेलगत्तै नेपाली कर्मचारीमा कोरोना पुष्टि भएकाले नाका बन्द भयो।’

    अब नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइने भएपछि नाका खुल्ने तयारी भएको चिनियाँ अधिकारीले बताए।

    बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालका अनुसार केरुङबाट नाकाबाट दैनिक ५ वटा चिनियाँ ट्रकबाट सामानहरू नाकामा पुग्ने गरेकोमा अब तातोपानी नाकाबाट पनि दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामानहरू चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिनेछन्। चीनको परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासलाई नाका खुल्नेबारे जानकारी गराएको बताउँदै लम्सालले कान्तिपुरसँग भने, ‘नाका खुलाउने तदारुकता देखाउनु नै चीनको असल मित्रताको उदाहरण हो। अब नेपालको आपूर्ति अवस्था सुरु हुन सहयोग पुग्नेछ।’
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु