२०८१ आश्विन २२, मंगलबार | Tue, 08, Oct, 2024

पहिरोमा पुरिए मजदुर


२१४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • नवलपरासी, २० कात्तिक । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदुर पहिरोमा पुरिएका छन् । नवलपरासी बर्दघाट–सुस्ता पूर्व नवलपुरको बुलिङटार गाउँपालिका ३ मा कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदुर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए ।

    बुधबार साँझ ५ बजेको समयमा यस खण्डमा कार्यरत मजदुर ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएको प्रहरी प्रमुख मल्लले जानकारी दिए । पहिरोमा कति जना पुरिएका छन् भन्ने यकिन नभएको उनको भनाइ छ ।

    पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पहिरोमा पाँच जना पुरिएको आशङ्का गरिएको भए पनि अहिले पनि पहिरो पन्छाएर खोजी भइरहेकोले यति नै मजदुर पुरिएका छन् भन्ने यकिन नभएको प्रहरी प्रमुख मल्लले बताए ।

    अहिले त्यस ठाउँमा इलाका प्रहरी कार्यालय बुलिङटारको प्रहरी टोली उद्धारमा खटिएको उनले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार