२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज काभ्रेमा ६५ लाई कोरोना पुष्टि


२०११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा ६५ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ११ महिला ११ जना पूरुष, धुलिखेल नगरपालिकाबाट १८ महिला १२ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकामा १ पुरुष, मण्डनदेउपुर नगरपालीकाबाट २ महिला १ पुरुष, तेमाल गाउंपालिकाबाट १ पुरुष र भुम्लु गाउंपालिकाबाट १ पुरुष गरी ६५ जनालाई कोरोना पुष्टि भएको छ ।
    आजसम्म काभ्रेमा १९०३ जनामा कोरोना पोजेटिभ देखिएकोमा १३९४ जनालाई निको भएको छ । सक्रिय संक्रमित ४८७ जना, अस्पताल र होम आईसोलेसनमा रहेर उपचार हुंदै छ भने मृतकको संख्या २३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी गराउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार