२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

आज काभ्रेमा ४६ लाई कोरोना पुष्टि


२०३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा ४६ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट १० महिला ९ जना पूरुष, धुलिखेल नगरपालिकाबाट ५ महिला ३ पुरुष, पनौती नगरपालीका ३ पुरुष, नमोबुद्ध नगरपालिकामा ६ महिला, ६ पुरुष, मण्डनदेउपुर नगरपालीकाबाट १ पुरुष, भुम्लु गाउंपालिकाबाट १ पुरुष १ महिला र रोशी गाउंपालीका १ महिला गरी ४६ जनालाई कोरोना पुष्टि भएको छ ।

    आजसम्म काभ्रेमा १९५० जनामा कोरोना पोजेटिभ देखिएकोमा १३९४ जनालाई निको भएको छ । सक्रिय संक्रमित ५३२ जना, अस्पताल र होम आईसोलेसनमा रहेर उपचार हुंदै छ भने मृतकको संख्या २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी गराउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार